गाँउमै रोजगारी र गाँउमै आम्दानीकाे आवश्यकः नेता पौडेल



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमाेरी र वेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिवार आयोजना गरेको कोरोनाको संक्रमण र विश्व परिस्थिती विषयक भर्चुअल कार्यक्रममा बरिष्ठ नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

वरिष्ठ नेता पौडेलले आफुले पहिलेदेखि नै भन्दै आएको आम नागरिकलाई गाँउमा नै बसौ बसौ बनाउनका लागि मौका आएको बताए । उनले अब गाँउ गाँउमा नागरिकले सहरमा उपलब्ध गराएका सुविधान गाँउमा पुर्याएर नागरिकको रोजगारी र आम्दानी गाँउमा नै पाउने अवस्थाको सृजना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताए ।

बरिष्ठ नेता पौडेलले राज्यको भुगोलको पूर्नसंरचना भएपछि सामाजिक आर्थिक पूर्नसंरचना हुन नसकेको बताए । उनले राज्यको सामाजिक रुपमा पनि पूर्नसंरचना आवश्यक रहेको बताए । राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारी घटना घटेको बताए ।

वरिष्ठ नेता पौडेलले सामाजिक रुपान्तरणका लागि भन्दै १७ हजार मान्छे मार्ने आन्दोलनको उदगम थलोमा जातिय विभेदका घटना तीन आन्दोलनका नायकहरुद्धारा हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले १७ हजार मान्छेको ज्यान सामाजिक रुपान्तरणका लागि नभई सत्ता प्राप्तीका लागि भएको आा नागरिकको बुझाई रहेको बताए ।

वरिष्ठ नेता पौडेलले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नाराले संभव नहुने भन्दै राष्ट्रियताको संरक्षणका लागि छिमेकीसंग आँखामा आँखा जुँधाएर कुरा गर्न सक्ने क्षमता राख्नुपर्ने बताए ।

पौडेलले कोरोनाको संक्रमणका कारण विश्वको राजनीतिले पनि नयाँ मोड लिने बताए । उनले दोश्रो विश्वयुद्ध पनि अमेरिकी र रुसी ध्रुवमा विभाजित भएको स्मरण गर्दै अहिले रुसको स्थान चीनले लिएर अमेरीकी र चीनियाँ ध्रुवमा विश्व विभाजित हुने बताए ।

नेता पौडेलले चीनको शासन व्यवस्था पारदर्शी नभएका कारण उसलाई विश्वले शंकाको दृष्टिले हेरेको भन्दै नेपालमा पनि कम्युनिष्टहरु उत्साहित भएका तर लोकतन्त्रवादी शसंकित भएको बताए ।

कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरु कपिलबस्तुका सुरेन्द्र आचार्य, रोल्पाका अमरसिंह पुन, गुल्मीका भुवन आचार्य, इलामका हिमालय कर्माचार्य, संखुवासभाका दिपेन्द्र श्रेष्ठ, पाँचथरका नरेन्द्र केरु, कास्कीका कृष्ण केसी, तनहुँका जितप्रकाश आले लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्