भियतनाममा भएको खेलमा हजारौ दर्शक उपस्थित



लन्डन,एजेन्सी ।

कोरोनाभाइरसको कारण युरोपेली लिग जर्मन बुन्देसलिगा फुटबल विना दर्शक शुरु भइसकेको छ । अन्य युरोपेली लिगहरु इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ए र स्पेनी ला लिगाले पनि जर्मन लिगकै अनुशरण गर्दै यसै महिना फुटबल शुरु गर्दैछन् ।

तर एशियाली मुलुक भियतनाममा भने असंख्य दर्शकको बीच फुटबल शुरु भएको छ । ५० दिनपछि दर्शकबीच पुन शुरु भएको फुटबल लिगमा तीन खेल आयोजित भएको थियो, जसमध्ये एक खेलमा ३० हजार दर्शकको उपस्थित रहेको थियो ।

सो खेलदौरान उपस्थित दर्शकबीच सामाजिक दुरीको पालना भएको थिएन । दर्शक एक अर्कासँगै बसेका थिए । धेरै जसो दर्शकले मास्क पनि लगाएका थिएनन् । रंगशालामा प्रवेश गर्न दर्शकलाई थर्मल स्क्रीनिङ भने गरिएको थियो ।

रंगशालामा खेल हेर्न गएका एक दर्शकले बताए कि यदि हामी कोरोनासँग डराएको भए खेल हेर्न आउने थिएन, उनको देशमा कोरोनासँग लडने उपाय अपनाएको र सबैलाई स्वस्थ राख्न सकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्