भोलिदेखि देशभरका मालपोत कार्यालय खुल्ने



न्युज अफ नेपाल,काठमाडौं।

सरकारले कोरोना भाइरस रोकथामको लागि लगाइएको लकडाउनको समयभित्र नै देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक विज्ञप्ति निकालेर देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खोल्ने जनाएको छ ।

विज्ञप्तिमा विभागका कर्माचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सञ्चालन गर्न लगेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्