काठमाडौंमा पनि ४ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

कम संक्रमित देखिएका देशको संघीय राजधानी काठमाडौँमा पनि कोरोना संक्रमितहरु हरेक दिनजसो देखिन थालेका छन् ।शुक्रबार ह्याम्स हस्पिटल धुम्बाराहीमा उपचाररत अवस्थामा दुई संक्रमित भेटिएको काठमाडौंमा शनिबार एकैपटक ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जनाकारी अनुसारमा काठमाडौंमा भेटिएका ४ संक्रमितहरु मध्ये दुई महिला र दुई पुरुष छन् ।

महिलाहरुको उमेर २१ र ३५ छ भने पुरुषहरु २६ र ४६ बर्षका छन् । संक्रमितहरु काठमाडौंका कुन ठाउँका निवासी हुन भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्