भारतीय पूर्व क्रिकेटर युवराज सिंहविरुद्ध एफआईआर दर्ता



नयाँ दिल्ली,एजेन्सी ।

भारतीय पूर्व क्रिकेटर युवराज सिंहविरुद्ध हरियाणामा एफआईआर दर्ता भएको छ । पूर्व अलराउन्डर युवराजले एक जातिसूचक शब्द प्रयोग गर्दै अर्का क्रिकेटर युजवेन्द्र चहलमाथि टिप्पणी गरेका थिए । युजवेन्द्रको टिकटाक भिडियोमा टिप्पणी गर्नु उनको लागि भारी पडेको हो ।

यस्तो हरकतले गर्दा सामाजिक संजालमा भारतका यी लोकप्रिय खेलाडी युवराजप्रति धेरै जना रिसाएका छन् ।हरियाणाका हिंसार जिल्लाका एक दलित अधिकार कार्यकर्ता र वकिल रजत कल्सनले युवराजविरुद्ध प्रहरीमा एफआईआर दर्ता गराएका हुन् ।

उनले अर्का साथी क्रिकेटर रोहित शर्मासँग इन्स्टाग्राम लाइभ कुराकानी गरिरहेका थिए । त्यही उनले चहलको बारे कुरा आउँदा जातिसूचक शब्द प्रयोग गरेका थिए । युजबेन्द्रले लकडाउनको शुरुवातदेखि नै आफ्ना परिवारसँग सामाजिक संजाल वेबसाइट टिकटाकमा डान्स र मौजमस्तीका भिडियो बनाइरहेका छन् ।

युवराजले त्यही भिडियोमा जातिसूचक शब्द प्रयोग गरेर टिप्पणी गर्न पुगेका थिए । एफआईआर दर्ता गर्दा रजत कल्सनले रोहित शर्मालाई पनि आरोपी बनाएका छन् । उनका अनुसार युवराजले त्यो शब्द प्रयोग गर्दा रोहित ठट्यौली पारामा हाँसेका थिए । अब उनीहरुले युवराजलाई पक्राउ गर्न समेत माँग गरेका छन् । प्रहरी यस मामिलाको छानबीन गरिरहेका छन्, यदि दोषी पाएमा भारतीय क्रिकेट प्रेमीका प्रिय क्रिकेटर जेलमा जान सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्