नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना संक्रमणका कारण कैलाली र डोल्पामा एक/एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका९३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनी जेठ १८ गते नेपालगञ्ज सुर्खेत जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको उनको जेठ २१ गते निधन भयो ।

प्रवक्ता देवकोटाका अनुसार निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको छर उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्