वाइडनले नोभेम्बर चुनावमा ट्रम्पलाई जित्ने पक्का



वासिंगटन,एजेन्सी ।

अन्तत आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसंग भिड्नका लागि जोय वाइडनले डेमोक्रेटिक पार्टीबाट औपचारिक रुपमा मनोनयन प्राप्त गरेका छन् । उनले टिवटरमा लेखेका छन् , ‘ मैले महत्वपूर्ण निर्वाचनमा उठ्नका लागि आवशइक १ हजार ९ सय ९१ डेलिगेट प्राप्त गर्न सफल भएको छु ।

गत अप्रिलमा बर्नि सयन्डर्सले उम्मेदवारी फिर्ता लिए यता वाइडन प्रभाबशाली उम्मेदवारको रुपमा रहँदै आएका थिए । कोरोना भाइरस महामारीको अर्थतन्त्रमा परेको प्रभाब तथा काला जातिका जर्ज फ्लोइडलाई गोरा जातिका प्रहरी अधिकारी डिरेक चौभिनबाट भएको हत्यालाई लिएर राष्ट्रपतिय चुनावलाई छोप्ने निश्चित देखिन्छ ।

वाइडनले वाराक ओवामाको राष्ट्रपति कालमा उप राष्ट्रपतिको हैसियतले सेवा गरेका थिए । उनको आइओवा र न्यु हयम्पसायरमा प्रारम्भिक चुनावी अभियान कमजोरै देखिए पनि साउथ क्यारोलिनामा उनले निर्णयक विजय हासिल गरेका हुन् ।

भर्खरै सिएनएनले गरेको सर्वेक्षण अनुसार अमेरिकामा कोरोना संक्रमण रोकथाममा प्रभावकारी नेतृत्व नगरेको र जर्ज फ्वोईडको प्रहरीद्वारा हत्याका कारण उनी आगामी नोभेम्बरमा हुने चुनावमा हार्ने पक्कापक्की देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्