जातीय विभेद तोड्न दस करोड डलर चन्दा



वासिंगटन, एजेन्सी ।

अमेरिकामा गोरा जातिका प्रहरीको जातिय घृणाको प्रतिविम्व स्वरुप हेपाहा प्रवृत्तिको दुर्व्यवहार खपेर मृत्यु वरण गरेका अश्वेत जातिका जर्ज फ्लोइडको हत्या काण्डलाई लिएर निकै चित्त दुखाउन पुगेका विश्व प्रसिद्ध वास्केटबल खेलाडी माइकल जोर्डनले जातिय समानता र सामाजिकन्यायका लागि संघर्षरत समूहहरुका लागि दस करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् ।

एनबिएका हिरो जोर्डनले आफु र आफ्नो जोर्डन ब्रान्डले दस वर्षभित्र सो परिमाणमा रकम उपलब्घ गराउँदै जाने जानकारी दिएका छन् ।

घोर जातिवाद समस्या समाधानका लागि संचालित विश्वका थुप्रै संघ संस्थालाई रकम वितरण गरिने छ । फ्लोइडको हत्यालाई लिएर अमेरिकामा अझै विारोध प्रदर्शन जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्