सरकारको ध्यान उद्दारमा होइन कार्पेट खरिदमा गयोः नेता रिजाल



Interview with Nepali Congress Leader Dr. Minendra Rijal at Baluwatar in Kathmandu on Monday. Photo: Balkrishna Thapa / THT

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारको ध्यान उद्दारमा हुनुपर्ने भएपनि कार्पेट खरिद गएको आरोप लगाउनुभएको छ । उहाँले विदेशमा कोरोना संक्रमणपछि अलपत्र परेका नेपालीहरुको उद्दार गर्नतिर भन्दा पनि कार्पेट खरिदतर्फ सरकारको ध्यान गएको बताउनुभएको हो ।

शनिवार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौती प्रस्ताव प्रस्ताव राख्दै सांसद रिजालले सरकारसँग पूँजीगत खर्च गर्ने क्षमता पनि नभएको र इमाान्दारिता पनि देखाउन नसकेको बताउनुभयो । उहाँले अर्थमन्त्रालयको चालू खर्च २५ अर्बबाट घटाएर गत बर्षझै ८ अर्बमा राखियोस भन्ने खर्च कतौटी प्रस्ताव गर्नुभयो ।

नेपालमा अहिले कोरोना संक्रमण ३ हजार पुगेको र १० हजार कट्छ भन्ने चिन्ता रहेको बताउदै बोर्डरमा मान्छे आइरहेका नागरिकहरुको स्वास्थ्य परिक्षण राम्रोसँग गरिएन भने एकजनामा संक्रमण भए सारा क्वारेन्टाइन र गाउँमा बृद्ध, दीर्घरोगीलाई फैलियो भने कल्पना गर्ने स्थिति नभएको बताउनुभयो । ’

सरकारको आम्दानीभन्दा १ सय ९० अर्ब बढी खर्च भएको बताउदै सांसद रिजालले तत्कालै एक डेढ महिनाभित्र दश बाह्र अर्बभन्दा बढी खर्च हुने अवस्था रहेकाले बताउनुभयो । सांसद रिजालले सरकारले बजेट प्रस्तुत गर्नुअघि भन्सारबाट बिद्युतीय गाढी छोडेको घटनाले सरकारमा इमान्दारिता नरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्