तीन लाख घुस रकमसहित पाल्पाका वडाध्यक्ष रङ्गेहात पक्राउ



न्युज अफ नेपाल, बुटवल ।

तीन लाख घुस रकमसहित पाल्पाका वडाध्यक्ष रङ्गेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर रहेका छन् । रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग तीन लाख रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टालीले पकाउ गरेको हो ।

पक्राउ परेका पुनमाथि थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्