ट्विटरले ट्रम्पको भिडियो पोस्ट हटायो



वासिंगटन, (एजेन्सी) ।

ट्विटर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनाव बढ्ने क्रम जारी छ । यसबीच ट्विटरले कपिराइटको उजुरी आएपछि ट्रम्पको एक भिडियो पेजबाट हटाएको छ ।

यस भिडियोमा ट्रम्पले जर्ज फ्लोयडलाई श्रद्धान्जली दिइरहेका थिए । उक्त भिडियो ट्रम्पको अभियान टोलीले जुन ३ मा पोस्ट गरेको थियो । ट्रम्प र उनका छोराले त्यसलाई रिट्विट गरेका थिए । यसलाई लिएर ट्विटरले कपिराइटको उजुरी परेकोले भिडियो हटाइएको जानकारी दिएको छ ।

अमेरिकाका कर्यौ नागरि अधिकार समुहले राष्ट्रपति ट्रम्पमाथि मुद्दा हालेका छन् । ट्र्रम्प ह्वाइट हाउस बाहिर शान्तिपुर्ण प्रदर्शन गर्नेहरुमाथि भएको हमलाका लागि जिम्मेवार भएको उनीहरुले आरोप लगाएका छन् । मुद्दामा ट्रम्प र ह्वाइट हाउसका अन्य अधिकारीले प्रदर्शनकारीहरुको संवैधानिक अधिकार हनन गरको उल्लेख गरिएको गार्जियनले जनाएको छ ।

सीएनएनका अनुसार सोमबार सुरक्षा अधिकारीहरुले ह्वाइट हाउस नजिकै भेला भएका प्रदर्शनकारीहरु माथि रवरको गोली, स्मोक क्यान्स्टरले हमला गरेका थिए । ट्रम्पका लागि नजिकैको चर्च जान मार्ग खाली गर्न उक्त हमला गरिएको जनाइएको छ । पछि ट्रम्प ह्वाइट हाउस नजिकको सेन्ट जोन एपिस्कोपल चर्च बाहिर एक बाइल हातमा लिँदै गरेको देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्