चितवनस्थित भरतपुर अस्पतालमा २७ वर्षीय युवकको मृत्यु



न्युज अफ नेपाल, चितवन ।

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा शनिबार बिहान एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिकाका २७ वर्षीय युवक रहेका छन् । केही साता अघि भारतबाट फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा भर्ना गरिएका उनको उपतारका क्रममा आज बिहान करिब साढे १० बजे मृत्यु भएको छ ।मृतकको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्