अवैध १५ लाख सशस्त्रको कब्जामा



न्युज अफ नेपाल, बारा ।

बारा स्थित सशस्त्र प्रहरी बल नेपाल न. १२ गण जिल्लामा हुने अवैध कृयाकलाप रोक्न सकृय देखिएको छ ।

सिमा नाकामा हुने अवैध चोरि निकासी नियन्त्रण गर्ने क्रममा २४ गते बिहान चार बजेको समयमा बारा सिम्रौनगढ नगरपालिका अमरपुर नाकाको नहरचोकको बाटो हुँदै एक जना व्यक्तिले टाउकोमा बोकी भारतबाट अवैध रुपमा अंन्दाजी मुल्य रु ३३ हजार बराबरको रेडिमेड फेन्सी कपडा र नगद नेपाली रुपैया पन्ध्र लाख नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपि गोलागंजबाट सशस्त्र प्रहरी निरिक्षक कबिर मल्लको कमाण्डमा खटिगएको टोलीलाई देख्नासाथ सामान र नगद पैसा सोही स्थानमा छाडी व्यक्ति भारततर्फ भागि गएको हुँदा उक्त सामान र पैसा सो टोलिले बरामद गरेको छ ।

बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीलाई त्यस ईलाका तर्फ गस्ती गर्न पठाएको र सामान सहित रकम फेला पार्न सफल भएको दाबी सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले गर्नु भयो । नियमानुसार उल्लेखित रकम सम्बन्धित कार्यालयमा बुझाईने पनि उपरिक्षक सुबेदीले बताउनु भयो ।

यस अघी पनि सशस्त्र प्रहरीले सिमरौनगढ ईलाकाबाट एक लाख नक्कली नेपाली रुपैया सहित ब्यक्ती र सिमरा जितपुर ईलाकाबाट १२ लाख स्रोत नखुलेको नेपाली रुपैया सहित भारतीय नागरिकलाई नियन्त्रणमा लीई कारबाही प्रकृया अगाढी बढाएको थियो । तीन दिन अघी मात्रै बारा जिल्लाकै बिस्रामपुर गाउपालिका क्षेत्रबाट ठुलो परिमाणमा लागु औषध सहित ब्यक्ती पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल न. १२ गण बाराले कोभिड १९ नियन्त्रणको लागि बारा जिल्लामा सात वटा बिओपी बाट १७ फरवार्ड पोस्ट निर्माण गरी कार्य गर्दै आएको छ । लक डाउन कार्यन्वयनको क्रममा बारा जिल्लामा सशस्त्र प्रहरी बलको परिचालन मजबुत तथा सिमानाकामा भएको कडाइको परिणाम स्वरुप यस्ता गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरी बलले सफलता प्राप्त गर्न सफल भएको आम बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्