खेलजगतमा विश्वका ५ महङ्गा डिभोर्स



लन्डन, (एजेन्सी) ।

खेलकुद जगतमा विवाह टिकेका घटना पनि छन्, विवाह नटिकेका घटनाहरु पनि छन् । जब विवाह डिभोर्समा परिणत हुन्छ तब खेलाडीले रगत पसीनाबाट आर्जन गरेको रकम पनि गुमाउनु पर्ने हुन्छ । विश्वमा धेरै खेलाडीले विवाह गरेमध्ये कतिको डिभोर्स पनि भए ।

यसैक्रममा टाइगर वुड्स, रोमन अब्राहिमोभिच, माइकल जोर्डन आदि चर्चित खेलाडीले विवाह टुंग्याउँदा निकै रकम गुमाएका थिए । यहाँ ५ महंगा डिभोर्स प्रस्तुत गरिएको छ ।

१. रोमन र इरिना अब्रामोभिच (१ अर्बभन्दा बढी)

चेल्सीका मालिक रोमन अब्रामोभिचको डिभोर्स विश्वकै सबैभन्दा महगोमा गनिएको छ । रुसी धनाढ्य अब्रामोभिचले उनकी पहिलो श्रीमती इरिनासँग सन् २००७ मा डिभोर्स गरेका थिए । उनले इरिनालाई डिभोर्स दिँदा १ अर्ब देखि २ अर्ब पाउन्डबीचको रकम तिरेको जनाएको थियो । उनले चार वटा घर समेत उनको नाममा गरिदिएको बताएका छन् । इरिना र रोमनका ३ सन्तान छन् । तीनै जना बुबासँग रहेको पनि इरिनाले बताएकी छन् । इरिनाले विवाह गरेपछि आफु कैदी झै बस्नु परेको हालैको एक अन्तर्वार्तामा उनले खुलासा गरेकी छन् ।

२. माइकल जोर्डन र जुआनिता (१३४ मिलियन)

शिकागो बुल्सका प्रसिद्ध खेलाडी माइकल जोर्डनले जुआनिता भानोएलाई सन् १९८९ मा लास भेगासमा बीहे गरेका थिए । तर १७ वर्ष सँगै बिताएका यी दम्पत्तिबीच सन् २००६ मा डिभोर्स भएको थियो । डिभोर्सबापत माइकल जोर्डनबाट जुआनिताले १ सय ३४ मिलियन पाउन्डको ठूलो रकम पाएकी थिइन् । जुआनिताले जोर्डनसँग डिभोर्स लिन सन् २००२ मा नै मुद्दा हालेकी थिइन् । सन् १९९२ देखि २००२ सम्म विभिन्न महिलासँग सम्बन्ध बनाएकोमा जुआनिताले सहँदै आएको बताएकी थिइन् । तर अति नै भएपछि उनले डिभोर्सको मुद्दा हालेकी थिइन् । एक महिनापछि दुबैबीच सहमति भएर पुन विवाहित जीवनलाई अगाडि बढाए, तर ४ वर्षपछि भने उनीहरु छुटिएका थिए ।

३. ग्रेग नरम्यान र लाउरा एन्ड्रासी (८३ मिलियन)

गल्फका प्रसिद्ध खेलाडी ग्रेग नरम्यानसँग सन् १९९६ मा भएको मास्टर्स प्रतियोगितामा ६ स्ट्रोकले अग्रता लिएर पनि ५ स्ट्रोकले हार्नु परेको तीतो इतिहास जुधेको छ । यसपछि अस्टे«लियन गल्फरलाई २२ वर्षीया श्रीमती लाउरा एन्ड्रासीसँगको डिभोर्सले ठूलो चोट पुर्‍याएको थियो । उनले सन् २००७ मा डिभोर्स गर्दा लाउरालाई ८३ मिलियन पाउन्डको रकम तिर्नुपरेको थियो । जबकी उनीहरुको बीहे २६ वर्षसम्म टिकेको थियो । तर एक वर्षपछि उनको अमेरिकी पूर्व टेनिस सुन्दरी क्रिस एभर्टसँग बीहे भएको थियो । यो अर्को वर्षमै टुटेको थियो । सन् २०१० मा क्रिस्टन कुट्नरसँग बीहे गरेका नरम्यानको विवाहित जीवन अहिलेसम्म चलेको छ ।

४. टाइगर वुड्स र एलीन नर्डग्रेन (८० मिलियन)

गल्फका राजा टाइगर वुड्सको डिभोर्स विश्व खेलकुदमा सबैभन्दा ठूलो स्केन्डलमध्ये एक थियो । अमेरिकी गल्फर टाइगर वुड्सले बीहे भएर पनि विभिन्न पेशामा लागेका युवतीहरुसँग सम्बन्ध बनाएर कसैलाई गर्भवती पनि बनाएको आरोप आउन थालेका थिए । यही कारणले गर्दा उनकी पूर्व श्रीमती एलीन नर्डग्रेनले डिभोर्स गर्न बाध्य भएको बताएकी थिइन् । सन् २०१० मा भएको डिभोर्समा नर्डग्रेनले वुड्सबाट ८० मिलियन पाउन्ड पाएकी थिइन् । वुड्सले यसपछि केही प्रायोजक पनि गुमाएका थिए ।

५. लान्स आर्मस्ट्रङ र क्रिस्टिन (१५ मिलियन)

अमेरिकाका पूर्व साइक्लिस्ट लान्स आर्मस्ट्रङको सम्पति एक समयमा १ सय ५ मिलियन पाउन्ड रहेको थियो । तर डोपिङको मामिलामा कानुनी लडाइ लड्दा र डिभोर्सले उनको सम्पत्ति घटेको थियो । उनको सन् १९९७ मा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकार महिला क्रिस्टिनसँग भेट भएको थियो । एक वर्षपछि उनीहरुले बीहे गरेका थिए । उनीहरुको ३ सन्तान छन् । तर सन् २००३ मा लान्स आर्मस्ट्रङले गायिका तथा गीतकार शेरिल क्रोसँग डेटिङ गर्न थाले । उनले डिभोर्स गर्ने पनि घोषणा गरे जसमा उनले १५ मिलियन पाउन्ड तिर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्