कालिका गाउँपालिकामा ३१ लाख बराबरको राहत सामग्री वितरण



सरस्वती न्यौपाने, रसुवा ।

रसुवा जिल्लको कालिका गाउँपालिकामा आफ्नो कार्य क्षेत्र बनाई काम गरिरहेको संस्था जनजागृति महिला समुहले ३१ लाख ५० हजार रूपैयाँको राहत सामग्री हस्तान्तरण गरेको छ ।

समुहकी अध्यक्ष शारदा आर्चायले कालिका गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद न्यौपानेलाई क्रिश्चियन एडको सहयोगमा लकडाउनका कारण प्रभावित समुदायका लागि मानविय साहायता कार्यक्रम अन्तर्गत लक्षित वर्गका लागि हस्तान्तरण गर्नुभएको हो ।

यस्तै उक्त मुल्य बराबरको राहत सामग्रीमा प्रति परिवार चामल ३० केजि, दाल३ केजि, तेल २ लिटर, चिनि २ केजि, साबुन २ गोटा, नुन २ पाकाको दरले पाँच सय परिवारका लागि र गर्भवती तथा सुत्केरी र बच्चाको पोषण कार्यक्रम अन्तरर्गत प्रति व्यक्ति हर्लिक्स १, मुसुरो को दाल २.५ केजि, रहरको दाल २.५ केजि, चना ३ केजि, भटमास ३ केजि, राज्मा २.५ केजि, केराउ ३ केजिको प्याकेज बनाएर ३ सय ४८ परिवारलाई हस्तान्तरण गरिएको छ ।

यसका साथै किशोरि तथा महिलाका लागि १० हजार ५ सय पिस सेनिटरि प्याड समेत हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्