रंगभेदविरुद्ध जोर्डनको १० करोड डलर सहयोग



वासिङ्टन, एजेन्सी ।

अमेरिकी बास्केटबलका लेजेन्ड खेलाडी माइकल जोर्डनले रङभेदविरुद्धको अभियानमा १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन्।

उनले जातीय समानता र सामाजिक न्यायका लागि लड्ने अभियानकर्तालाई १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका हुन् । सो रकम उनले जोर्डन ब्राण्डमार्फत् आगामी १० वर्षसम्म जातीय समानताका लागि लड्ने संस्थाहरुमा सहयोग गर्ने बताएका हुन् । उनले उक्त सहयोगले आगामी १० वर्षपछिको पुस्तामा रंगभेद व्यवहारविरुद्धको अभियानमा सचेतना फैलाउने उद्देश्य लिएका छन् । उनले गत साता अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई एक गोरा पुलिस अफिसरले १० मिनेटसम्म घाँटी थिचेर मारेको घटनाप्रति ुब्ल्याक लिभ्स म्यातरु भन्दै दुःख समेत ब्यक्त गरेका छन् ।

उक्त घटनापछि अमेरिकामा हिंसात्मक विरोध प्रदर्शन भइरहेको छ । सोही प्रदर्शनलाई सहयोग पुर्‍याउने मनसायले उनले सहयोग गर्ने बताएका हुन् । जातीय विभेद अन्त्यका लागि लड्ने नेता, समुदाय तथा सरकारलाई सहयोग गर्न सो कदम चालिएको जोर्डन ब्राण्डका प्रमुख क्रेग विलियम्सले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्