भारतमा कोरोना संक्रमणबाट ६ हजार ६४९ को मृत्यु, २ लाख ३६ हजार १८४ सङ्क्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको छ भने ६ हजार ६४९ जनाको मृत्यु भइसकेको छ ।

भारतमा शुक्रबार मात्रै ९ हजार ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, १ लाख १३ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । महाराष्ट्रमा मात्रै ७७ हजार बढी सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्