फेसबुकको फोटो तथा भिडियो गुगल फोटोमा सार्न मिल्ने गरी फेसबुकले ल्यायो नयाँ सुविधा



न्युज अफ नेपाल, काठमाडौँ ।

फेसबुकमा राखिएका फोटो तथा भिडियो गुगल फोटोमा सङ्ग्रह गर्न मिल्ने गरी फेसबुकले नयाँ सुविधा ल्याएको छ ।

गत अप्रिलदेखि अमेरिका र क्यानडामा मात्र सुरु गरिएको सो सुविधा प्रयोगकर्ताको टिप्पणी र सुझावका आधारमा अहिले विश्वभरका लागि उपलब्ध गराइएको छ ।

फेसबुकबाट गुगलमा फोटो सार्नका लागि पहिले सेटिङ्गमा गएर फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ। त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्छ । त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेका फोटो तथा भिडियोहरु गुगलमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्