गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो



न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा १०, कास्कीमा ३, पूर्वीनवलपरासीमा ३ बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा। विनोद विन्दु शर्माले जनाएका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्