ताइवानी संस्थाद्वारा नेपाललाई ३० थान भेन्टिलेटरसहित दुई करोड बराबरको स्वास्थ्य सामाग्री प्रदान



न्युज अफ नेपाल, काठमाडौँ ।

ताइवनको एक संस्थाले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख रुपैंया बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

चूर्जी फाउण्डेशनको नेपालका अध्यक्ष महेश नकर्मीले उक्त सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकाछन् । बोध्द गुरुमा चेङयेनद्वारा सन १९६६ मा स्थापना गरिएको सो फाउण्डेशनको शाखा नेपाल लगायत विश्वका अन्य ६३ मुलुकमा छ ।

अध्यक्ष नकर्मीले भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री हेल्थ ईन्भारोमेण्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसनको तर्फबाट ढकाललाई हस्तान्तरण गरेका हुन । यस विषयलाई चीनले भने गम्भीर रुपमा नियालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्