कोपा इटालीयाको बाँकी खेलको तालिका सार्वजनिक



रोम, एजेन्सी ।

इटालीयन फुटबलको घरेलु नकआउट क्लब प्रतियोगिता कोपा इटालीयाको बाँकी रहेका खेलको मिति सार्वजनिक गरिएको छ ।

जसअन्तर्गत‌् कोेरोनाका कारण रोकिएको सेमिफाइनल र फाइनल खेलको मिति सार्वजनिक गरिएको हो । इटाली फुटबल संघले औपचारिक रूपमा प्रतियोगिता सुचारु गर्ने घोषणा गरेको हो । हाल प्रतियोगितामा सेमिफाइनलका होम एन्ड अवे लेगमध्ये पहिलो लेगका खेल सकिएर दोस्रो लेगका खेल बाँकी छन् । संघले सेमिफाइनल र फाइनल खेलको मिति एकैपटक तय गरेको हो ।

जसअनुसार जुन १२ र १३ मा सेमिफाइनलका खेल हुनेछन् । त्यस्तै, जुन १७ मा फाइनल खेल हुनेछ । जुन २० बाट शीर्ष लिग सिरी ए सुचारु हुने हुँदा त्यसअघि नै कोपा इटालीया सकाउन लागिएको हो ।

जसमा जुन १२ तारिखमा युभेन्ट्स र एसी मिलानको खेल हुनेछ । यो खेल युभेन्ट्सको घरेलु मैदानमा हुनेछ । त्यस्तै, जुन १३ मा नेपोलीको घरेलु मैदानमा नेपोलीले इन्टर मिलानविरुद्ध खेल्नेछ । यी सबै खेल दर्शकबिना खाली रंगशालामा कडा प्रोटोकल पालना गरेर आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्