यूएईबाट १५७ जना नेपाली स्वदेश आइपुगे



न्युज अफ नेपाल, काठमाडौं ।

यूएईबाट १५७ जना नेपाली नागरिक बोकेर नेपालतर्फ उडेको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान काठमाडौं आइपुगेको छ ।

सो विमानमा टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना, इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, र अन्य ११ जना गरी १५७ जना नेपाली सवार थिए । उनीहरुलाई राख्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर तयार गरिएको छ । त्यहाँ उनीहरुको स्वास्थ्य परीक्षण गरीने छ । परीक्षणपछि मात्र उनीहरुलाई आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राख्ने भन्ने निर्णय गरिने भएको छ ।

यसअघि शुक्रबारै म्यानमारबाट २६ जना नेपालीको उद्दार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्