रामेछापका १७ जनामा कोरोना संक्रमण भएको पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

रामेछाप जिल्लाका एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिंफिङमा प्रवक्ता डा। विकास देवकोटाले संक्रमण पुष्टि हुनेहरु १७ देखी ४९ वर्ष सम्मका पुरुष रहेको जानकारी दिनुभयो ।

जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको बताए पनि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले संक्रमितहरुको विवरण खोजी रहेको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, मन्थली नगरपालिका र दोरम्बा गाउँपालिकाका ६४ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौ पठाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले १७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि कुन स्थानीय तहका हुन भनेर पहिचान गरिरहेको न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्