थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६७ जना पुरुष रहेका छन् भने ११ जना महिला रहेका छन् ।  यससँगै, संक्रमितको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।

हालसम्म १ लाख ६६ हजार ४६५ जना देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा छन् भने २ हजार ५६८ जना उपचाररत छन् ।यस्तै, ३ सय ३३ जना उपचारपछि घर फर्किएका छन् ।

जसमा २७२ जना पुरुष रहेका छन् भने ६१ जना महिला छन् ।कोरोना संक्रमणका कारण सुर्खेत पंचपुरीका २८ बर्षिय युवकको मृत्यु भएसँगै मृतकको संख्या ११ पुगेको छ  ।

प्रतिक्रिया दिनुहोस्