गोरखापत्रका पूर्व महाप्रबन्धक द्वयविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक द्वय सुशिल कोइराला र बसन्तप्रकाश उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रिन्ट कागज खरिद गर्दा २६ लाख रुपैयाँ बढी रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङबीच न्यूज प्रिन्ट कागज खरिद सम्झौता अनुसार भन्सार महशुलबापतको रकम प्रिन्टसेल कम्पनीको हुने जनाइएको थियो । तर, सम्झौताविपरीत कोइराला र उपाध्यायले भन्सार छुट गराई २६ लाख १६ हजार १० रुपैयाँ प्रिन्टसेल इमेजिङलाई फाइदा पुर्‍याएको आरोप लागेको छ।

यस्तै गोरखापत्र संस्थानका तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी र प्रिन्टसेल इमेजिङ प्रालीका संचालक दिपक कुमार भंसलविरुद्ध पनि जनहीँ २६ लाख १६ हजार १० रुपैयाँ विगो दावी गरि मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्