आरडीटी परीक्षणमा ४० जनाको रिपोर्ट पोजिटिभ



दयाराम पण्डित, बाजुरा ।

सदरमुकाम मार्तडीमा जिल्ला स्थित संयुक्त शुरक्षा फौजले ४ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना भाइरसको जोखीमतालाई मध्यनजर गरी बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा बहिबिार ४ ब्याडको अस्थायी आइसोलेशन तयार गरेको हो ।

बाजुरा जिल्लामा कोरोना संक्रमण फैलिदै गएको र जिल्ला अस्पताल निर्माणाधिन अबस्थामा रहेको बिरामीको संख्यामा बृद्धि हुदै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सस्त्र प्रहरीले २ दिनमै ४ ब्याडको आइसोलेशन ब्याड निमार्ण गरेको शसस्त्र प्रहरीवल नेपाल आश्रित गुल्मबाजुराका गुल्मपति श्याम रावतले बताउनुुभयो ।

जिल्लामा दिनानुदिन भारतबाट आउनेको संख्या संगै जिल्लामा दैनिक बिरामीहरु आउने भएको र कोरोनाको पुष्टि नहुन्जेल सम्म बस्नका लागि जिल्ला समन्वय समितिको चौरमा ४ब्याडको आइसोलेशन बनाएको गुल्मपति रावतले बताए । हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड(१९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त

भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको गुल्मपती श्रेष्ठको भनाई रहेको छ । कोरोना भाईरस (कोभिड(१९) सम्बन्धी कुनै संकाका बिरामी आएमा र सामान्य उपचारका लागि सो आइसोलेशन बनाएको श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कायालयबाट त्रिपाल (टेन्ट), जिल्ला समन्वय समितिले दुुई ट्वाईलेटको सामाग्र र रेडक्रसबाजुुराले कर्कटपाता उपलब्ध गराएको जिल्ला समन्वय समित बाजुराका अधिकारी यज्ञराज अर्यालले वताउनेभयो । अब पिसिआर पोजेटिभ भएका तर, बिरामकिो लक्षण नदेखिएका विरामीलाई सम्बन्धित पालिकाकोआइसोलेसनमा राखिनेछ , लक्षण देखिएका विरामीलाइ मात्र जिल्ला समन्वय समितीको आइसोलेशनमा राखिनेछ समन्वय अधिकारी अर्यालले बताउनुभयो ।

जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको र सोही ठाउँमा अस्थायी रुपका लागि टेन्ड हालेर उपचार गर्न सहज गर्नका लागि सो आइसोलेशन तयार गरेको छ । नेपाली सेनाले आवश्यक तयारी गरी कोरोना भाईरस (कोभिड(१९) को संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र त्यसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको गुल्मपती रविन श्रेष्ठले बताउनुुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरि उक्त भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भई रहेको अबस्थामा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना तयार रहेको गुल्मपति श्रेष्ठले जानकारी दिनुुभएको हो ।

यतिवेला बाजुराका अधिकांश सामाुदायिक विद्यालयहरुमा क्वारेन्टाइन बनाइएको छ। त्यहा ३३सय वढि नागरिक क्वारेन्र्टानमा बसिरहेका छन् । मापदण्ड अनुसारका क्वारेन्टाइन नहुंदा त्याहा वस्नेलाई सास्ती भएको छ। सबै हुलमुलमा बसाल्न बाध्य छौं ।को संक्रमित छ छैन एकिन हुनै गह्रो छ स्वास्थ्यकर्मीले बताए । बडीमालिका , नगरपालिका बुढीगंगा नगरपालिका र खप्तडक्षेडेदह गाउँपालिकामा बिहिबार गरिएको र्‍यापिड टेष्टमा ( आरडिटी जांचमा ) ४० जनामा पोजेटिभ देखिएको स्वास्थयकायाृलय बाजुराले जनाएको छ । बडीमालिकामा ३६,बुढीगंंगा नगरपालिकामा १ जना त्रिबेणी नगरपािलकामा दुुईजना र खप्तडक्षेडेदह गाउँपािलकाका १ जनामा आरडिटी पोजेटिभ देखिएको हो । यिनीहरु सबै भारतवाट आएका हुन् । यिनीहरुमा कोराना भए नभएको पिसिआर जांचका लागि प्रादेशि अस्पताल धनगढी पठाउने तयारी भएको छ । यद्येपी जिल्लामा भिटिएम नभएको स्वास्थयकायाृलय बाजुराका प्रमुख दयाकृष्न पन्तले जानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्