रुकुम घटनाको छानबिन गर्न संसदीय समिति गठन



न्युज अफ नेपाल, काठमाडौं ।

संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ ।

संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गर्नुभएको हो । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले जानकारी गराउनुभयो ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या भएको थियो ।शुक्रबारको बैठक सुरु हुनासाथ सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताउनुभएको थियो । लगत्तै सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्