संसदमा बोल्दाबोल्दै सांसदले आफ्नो शर्ट च्यातेपछि…



एजेन्सी ।
संसदमा बोल्दाबोल्दै एक पुरुष सांसदले आफ्नो शर्ट च्यातेका छन् । दक्षिण अमेरिकी मुलुक पाराग्वेका स्वतन्त्र
सांसद होर्खे एन्टोनियो ब्रिटेजले कोरोनाभाइरस महाव्याधि शुरू भएदेखि बन्द गरीएकाे पुल  खोल्न भनेका थिए ।

ब्राजिलसँग सीमामा रहेको साे पुलबाट ब्राजिलसँगको व्यापारमा सीमाक्षेत्रका ८० प्रतिशत नागरिक निर्भर रहेको भन्दै उनले जोशैमा शर्ट च्यातेका हुन ।

‘हामीले काम गर्नुपर्ने हुन्छ र सबै प्रोटोकल अनुसरण गरिरहेका छौं । म मेरा जनताका लागि स्वास्थ्य, रोजगारी र शिक्षाको माग गरिरहेको छु अनि तपाईंहरू एउटा शर्टबाट स्तब्ध हुनुहुन्छ ।’ –ती सांसदले भने ।

सभामुख होर्गे आलियानाले शर्ट च्यातेलगत्तै सत्र समाप्त भएको घोषणा गरेका थिए ।

भिडियो पनि हेर्नुहोसः

 

 

 

प्रतिक्रिया दिनुहोस्