कोरोनाबाट हुने दोस्रो हमलाको खतरा कायमै !



लन्डन, (एजेन्सी) ।

अहिले विश्वभरि पुन आर्थिक कारोवार शुरु र दोश्रो चरणका कोरोना भाइरस आक्रमणलाई वेवास्ता गर्ने नाजुक सन्तुलनमा खेलवाड भइरहेको छ ।

हुनत अहिले यस भाइरसको कारण भइरहेको मृत्युदर न्युन हुन थालेको छ । तर विशेष गरी स–साना बालबालिका अझै पनि निकै खतराको सुचिमा रहेका छन् । लामो समयको लकडाउनले जीवन शैली , शिक्षा तथा मानिसहरुको मानसिक र शारिरीक स्वास्थलाई समेत प्रभावित पारिरहेको छ ।

त्यसैले थुप्रै मुलुक अहिले लकडाउन जारी राख्ने कि त्यसलाई खुकुलो पार्दै लाने भन्नेबारे निकै दोधारमा परेको देखिन्छ । तर विश्वका कम्तिमा एघार वटा मुलुकले कोभिड १९को दोश्रो खतरनाक चपेटाबाट बच्नका लागि आँशिक र पूर्ण रुपमा पुन लकडाउन कार्यानवयन गरिसकेका छन् । किनभने केहि हदसम्म लकडाउन खुकुलो पारेर हेर्दा नयाँ संक्रमणको घटनामा वृद्धि भएको पाइएको छ ।
जापान, चीन , दक्षिण कोरिया , लेवनान , जर्मनी , इरान , साउदी अरेविया , एल साल्भाडोर , इराक , श्रीलंका र पाकिस्तान स्थानिय स्तरको क्वारेन्टाइन र व्यपाक सटडाउन पुर्न शुरु गर्न बाध्य भएका छन् ।

विश्व स्वास्थ संगठनका युरोपका लागि निर्देशक डा.ह्यान्स क्लुजले दोश्रो चरणको कोरोना भाइरसको हमलाको सामना गर्न तयार रहन तथा वर्तमान समय उत्सव मनाउने नभई भावी समस्याका लागि तयारी गर्नु रहेको चेतावनी दिइसकेका छन् ।

लक डाउन खुकुलो गरेपछि दोश्रो चरणको समस्या खेप्ने पहिलो राष्ट्र जापान हो । गत साता जापानी प्रधानमन्त्री सिन्जो आवेले आवशइाक परेको खण्डमा पुन कडा लकडाउन लागुगर्ने भन्दै राजधानी टोकयो लगायत चारवटा क्षेत्रमा लकडाउन हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्