बसमा आक्रमण हुँदा खेलाडी घाइते



लन्डन, एजेन्सी ।

पोर्चुगलको फुटबल क्लब बेनेफिकाका खेलाडी सवार बसमा ढुंगा प्रहार हुँदा दुई जना खेलाडी घाइते भएका छन् ।

कोरोना संक्रमण फैलिएपछि पहिलो पटक खेलेको बेनफिकाले म्याचपछि टिम सवार बसमा आक्रमण भएको क्लबले जनाएको हो । पोर्चुुगल लिग च्याम्पियन बेनेफिकाले विहिबार भएको खेलमा पोर्टोसँग गोलरहित बराबरी खेलेको थियो ।

उक्त खेलका क्रममा लिस्बनमा रहेको बेनफिकाको मैदान बाहिर दर्शक जम्मा भएर टिमको समर्थन गरेका थिए । मैदानमा दर्शकको उपस्थितिलाई निषेध गरिएकाले उनीहरु खेलस्थल बाहिर नै जम्मा भएका थिए । जसमा एक रिसाहा समुहको दर्शक आएर खेलाडी चढेको बसमा टुंगा हानेको र उनीहरु भागेको क्लबले बताएको छ ।

उक्त आक्रमणमा परि जर्मन मिडफिल्डर जुलियन विगेल र सर्वियन खेलाडी एन्द्रिजा जिब्कोभिच घाइते हुनुका साथै बसको झ्यालहरु पनि फुटेका छन् । घाइते खेलाडीहरुलाई लिस्बनको एक अस्पतालमा उपचार गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्