काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि



मोतीराम तिमल्सिना , काभ्रे ।

काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्