राष्ट्रवादका आयमहरु !



जगत प्रसाद रिजाल
पोखरा-२, कास्की ।

शब्द पुरानै भएपनि परिस्थिति अनुसार नया छालहरु तरङ्ग गराउन सक्ने शब्द हो राष्ट्रवाद ! ‘राष्ट्रवाद’ बहु बिश्लेषणले मुर्तबाट अमुर्त बनाइएको शब्द पनि हो। समय र परिस्थिति अनुसार राष्ट्रवादलाई बुझ्न सकिएन भने मानिसले निमेश भरमै अराष्ट्रिय तत्त्वको बिल्ला भिर्नु पर्ने हुन्छ।

ट्युनिङ मिलेको खण्डमा भने सानो कुराले पनि ब्याक्ती राष्ट्रवादको मषिहा नै भइदिन्छ। १८ औँ शताब्दी बाट सुरु भएको राष्ट्रवादी सोचले आफ्नो विश्व यात्रा का दौरान विभिन्न पात्र र प्रबृती हरु जन्माएको छ।नेल्सन मण्डेला, गान्धी, लुथर किङ्ग जुनियर, हिटलर, मुसोलिनि, लि क्वान, ट्रम्प, पुटिन सबै राष्ट्रवादले समयक्रममा जन्माएका पात्र हरु हुन् ।

तालिबान,रिबेल जस्ता समुह पनि पनि राष्ट्रबादका सन्तति नै हुन।यी फरक-फरक पात्र र प्रवृत्तिले राष्ट्रवादलाई बहुआयमिक बनाएका छन्।सामान्य भाषामा राष्ट्रवाद भनेको राष्ट्र प्रतिको अगाध आस्था र गौरवको अनुभुती हो। राष्ट्रिय स्वभिमान, सार्वभौमिकता , सिमा र जनताको रक्षा गर्नु यसका बिशेषता हुन् ।

राष्ट्रबादि सोचले आफ्नो राष्ट्र र राष्ट्रिय हितलाई सबैभन्दा बढि महत्त्व दिएको हुन्छ ।आफ्नो राष्ट्र र राष्ट्रियता प्रतिको अद्वितीय , अविचलित भावना र कर्तव्यबोध राष्ट्रबादको उच्चतम बिन्दु हो। मानवता,साँस्कृतिक मूल्य मान्यताको शंरक्षण ,न्याय,बिकास र समग्र राष्ट्रको सकरात्मक परिबर्तन राष्ट्रवादका मुल मुद्धाहरु हुन।तर बहुआयामिक राष्ट्रवाद यतिमा मात्र सिमित छैन।

वर्तमान परिस्थितिमा त राष्ट्रवाद सत्ता प्राप्तिको बलियो आधार भएको छ।युरोपको इटाली, हङ्गेरी, ट्रकी देखि माहाशक्ती राष्ट्र अमेरिका होस् वा विश्वमा उदयिमान देशहरु ब्राजिल , साउथ कोरिया र भारत लगायतका देशका वर्तमान शासहरुको सत्तारोहणको मुख्य आधार तिनीहरुले प्रस्तुत गरेका राष्ट्रवादी चिन्तन नै हुन।मोदिको धार्मिक राष्ट्रवाद होस , ट्रम्पको ञअमेरिका फस्टझवा बेलायत इयू बाट फिर्ता आउनु सबै जनता बाट अनुमोदन गरिएका राष्ट्रवादी सोच हरु हुन।

राष्ट्रवादी सोच र सत्ता आरोहणको सम्बन्ध विश्वब्यापि भैसकेको छ।जसको छनक गत चुनावमा हामिले पनि देखे( भोगेको हो।अहिले यो वा त्यो रुपमा राष्ट्रवादी भै टोपलेपछि नेतृत्वमा अन्य गुण वा भिजन नभए पनि फरक नपर्ने परिस्थिति सृजना गरिएको छ।राष्ट्रिय हित र मुद्धामा लाग्नु भन्दा पनि अरु कसैको विरोध गरेर आफूँले आफैँलाई राष्ट्रवादी घोषणा गर्ने हरुको जमात पनि राजनितीमा स्थापित भैरहेको छ।

यसले कालान्तरमा राष्ट्रलाई नोक्सान मात्र पुर्‍याउँछ।परिस्थिति यस्तो सम्म बनेको छ कि त्यस्ता ढोङ्गि राष्ट्रवादी र तिनको कार्यशैलिको बारेमा केही प्रश्न मात्र उठाएको खण्डमा उल्टै अराष्ट्रिय तत्वको ट्याग भिर्नु पर्ने अबस्था आएको छ।यो पनि राष्ट्रवादको एउटा नयाँ आयमको रुपमा स्थापित हुँदैछ।यस्ता राष्ट्रवादीको गुणगान बढ्दै गयो भने यिनिहरुमा मुगाबे प्रवृत्ति हाबी हुने देखिन्छ ।

जसले राष्ट्र र राष्ट्रियताको नाम भजाएर लामो समय जिम्बाबेमा शासन गरेर जिम्बाबेलाई यो हविगतमा पुर्‍याए। उनी पनि नारामा कम राष्ट्रवादी थिएनन्।मानव समुदायले भोगेका दुई विश्व युद्ध पनि राष्ट्रवादी सोचका उपज हुन।शासक हरु बिच आफुँलाई राष्ट्रवादी देखाउने होडका कारण सृजित चरम राष्ट्रवादी सोचले निम्त्याएको यो नरसंहारबाट पनि मानव समुदायले वास्तविक राष्ट्रवादको पहिचान गर्न नसक्नुलाई दुर्भाग्य नै मान्नु पर्दछ।

राष्ट्रवाद केही हदसम्म भाबनात्मक कुरा पनि हो।तर राष्ट्रवादका नाममा नेतृत्व भाबनामा डुब्दै गएमा यसले ब्याक्तिलाई भिमसेन थापाको हालतमा पुर्‍याउन सक्छ।भावनात्मक राष्ट्रवादले भिमसेन सेरिएर मर्नु पर्यो भने मुलुकले आफ्नो भुमि गुमायो। राष्ट्रवादी हरुले कुटनैतिक चातुर्यतालाई भन्दा बदलाको भावना र सन्कि स्वभाव प्रस्तुत गर्ने र अन्य बाटो भन्दा युद्ध मार्फत मुलुक जोगाउन सकिन्छ भनेर बिश्वास गर्ने सन्की राष्ट्रवादले मुलुकलाई तत्कालीन जर्मनी र नेत्रृत्वलाई हिटलरको बाटोमा नपुर्‍याउला भन्न सकिन्न ।

देश निर्माणको साध्य बन्नुपर्नेमा अहिले राष्ट्रवाद राजनीति र सत्ताको साधनको रुपमा देखा परिरहेको छ।कालान्तरमा यो समग्र विश्वको लागि दुर्भाग्यपूर्ण हुनेमा अब सङ्का मान्नु पर्दैन ।जब नाम मात्रको राष्ट्रवादी शासकले आफ्नो अस्तित्व सङ्कटमा परेको महसुस गर्छ। उ भित्र एक किसिमको अहङकार देखा पर्दछ ।यस्तो अहङकारी सोच एकदम खतरनाक हुन्छ ।

यस्ता राष्ट्रवादी हरुले आफ्नो पहिचान र अस्तित्वको लागि मानबता, राष्ट्रियता सबै बिर्सन सक्दछन्। जुन कुरा सिरियामा बसर अल असदले पुष्टि गरिसकेका छन ।

राष्ट्र सङकटमा परेको बेला विभिन्न अभियानका माध्यमबाट राष्ट्रवादका नारा घन्काउने जमात हुन्छ।तुलनात्मक रुपमा शिक्षित र सभ्य देखिने यस्ता अभियन्ता हरुले स-साना ब्याक्तिगत ,पारिवारीक र सामाजिक घटनालाई राजनैतिक एजेन्डाका रुपमा प्रस्तुत गर्ने तथा राष्ट्रिय समस्या समाधानमा पनि आफ्नो सक्रिय उपस्थितिको भान पारेर आँफुलाई मानवता र देशभक्ति सहितको राष्ट्रवादीको रुपमा प्रस्तुत गर्ने परिपाटी पनि बिकास भएको पाईन्छ।

नेपाल जस्तै तेस्रो विश्वका मुलुकमा यस्ता राष्ट्रवादी अभियन्ताको जमात नै भेट्न सकिन्छ ।समयको प्रवाहा सँगै यस्ता राष्ट्रवादीहरुको अस्तित्व नै विलय भएका धेरै दृष्टान्त हरु छन् ।

समाज र राज्यमा दबिएका,दबाइएका जाति र सम्प्रदायलाई पीडा र दबाबबाट मुक्त बनाएर मुलधारमै स्थापित गराउने सोचका साथ शोसक भनिएका सङ्ग सशस्त्र युद्ध गर्ने अर्कोथरि राष्ट्रवादी हरुमा सत्ताको रसस्वादन गरिसकेपछि देखिने परिवर्तनको बारेमा सायद उल्लेख गर्नु नपर्ला ।नेपालको माओवादी आन्दोलन९जनयुद्ध ० र कोलम्बियाको फार्क बिद्रोहि यसका जिवित इतिहास हुन।

पछिल्लो समयका राष्ट्रवादीहरुको चर्चा गर्दा सद्दाम हुसेन ,किम जोङ ,डुर्टेटको नाम भुल्नु अन्याय नै हुन सक्छ।यिनिहरुले छुट्टै खालको राष्ट्रवादी आयमको नेतृत्व गरेका थिए र छन् ।ब्यबस्थाका आधारमा उनिहरु कस्ता थिए त्यो बिश्लेषणको बिषय होला तर उनिहरुको राष्ट्रवादमा शङ्का गर्ने ठाउँ थिएन र छैन पनि।कुनै धर्मलाई आधार मानेर वा धर्ममा राजनीति गर्ने धार्मिक अतिबादीले र आर्थिक उदारिकरणका नाममा निजिक्षेत्र र नाफालाई मात्र महत्त्व दिने नबउदारबादीले पनि समयक्रममा आँफुलाई राष्ट्रबादीको खेमामा उभ्याइसकेका छन्।

वास्तविक राष्ट्रवादीहरु प्रतिउत्पादक हुँदैनन् र हुनु पनि हुँदैन।राष्ट्रवादीहरुको दर्बिलो उपस्थितिले नै संसारबाट साम्राज्यवादको अन्त्य भएको हो। राष्ट्र निर्माणको मुल उदेश्य लिएर निश्चित भिजनका साथ नेतृत्वदायी भुमिका निर्बाहा गरेका र कठिन परिस्थितिमा पनि देश र जनताको मुक्तिको लागि अद्दितिय योगदान दिने ब्याक्ती तथा प्रवृत्तिहरु वास्तविक देशभक्त र राष्ट्रवादी हुन।

मण्डेला,गान्धीले स्थापित गरेका राष्ट्रबादी आयमहरु वास्तविक राष्ट्रवादी आयम हुन।जसले राष्ट्रिय स्वधिनता,स्वभिमान,जनताको मुक्ति र राष्ट्रिय हितमा कहिल्यै सम्झौता गरेनन् ।अझ राष्ट्रलाई कठिन समय बाट छुटकरा दिलाउन उनिहरुले प्रयोग गरेको कुटनैतिक चातुर्यता वास्तविक राष्ट्रवादी थियो जसले राष्ट्रमा थप क्षति हुन दिएन।राष्ट्रवादको यो आयम सर्वस्विकार्य थियो।

राष्ट्रवाद बोलिमा भन्दा ब्यबाहारले पुष्टि गर्ने बिषय हो।दोस्रो विश्व युद्द्ले जापानमा स्थापित राष्ट्रवादी चिन्तन र त्यसकै पृष्ठभूमिमा उसले गरेको परिवर्तन,राष्ट्र निर्माणमा उनिहरुले देखाएको दृढता र एकता वा पछिल्लो समयमा चिनले समातेको निति र राष्ट्रपति सिले अपनाएको बाटो। यी सबै वास्तविक र देशभक्त राष्ट्रवादी चिन्तनका दृष्टान्त हुन। यसरी हेर्दा यो वा त्यो रुपमा सबैले आफुँलाई कुनै न कुनै आधारमा राष्ट्रवादीको कित्तामा उभ्याएका छन्।अब प्रश्न को राष्ट्रवादी भन्ने भन्दा पनि कस्तो राष्ट्रवादी भन्ने हो।

राष्ट्रियताको नारा दिएर सत्ता आरोहण गर्ने अनि मुगाबे शैलिमा लामो समय शासन गर्ने र राष्ट्रलाई दलदलमा फसाउने जब राष्ट्र अप्ठ्यारोमा पर्छ अनि मीर जाफर बनेर पद र पैसा लुँड्याउने,सत्तामा हुँदा भन्दा बाहिर बस्दा राष्ट्रियतामा बहस गर्न रुचाउने र राष्ट्रियतालाई चुनावी नाराको रुपमा मात्र प्रयोग गर्ने हरुलाई कदापि वास्तविक राष्ट्रवादी मान्न सकिँदैन ।

राष्ट्रिय एकताका आधार ,देशभक्त ,सनातन धर्म र संस्कृतिको रक्षक र धार्मिक सहिष्णुताका हिमायती ,जनता प्रती उत्तरदायी,कुशल रणनीति र कुटनैतिक चातुर्यता भएका पृथ्वीनारायण साह९प्रवृत्ति ० र देश ,जनताको समृद्धिलाई प्रमुख मुद्दा बनाउने र त्यसलाई पूरा गर्ने भिजन भएका सि जिङ्ग पिङ जस्तै राष्ट्रवादी यो मुलुकले खाजिरहेको छ।यो नै वास्तविक राष्ट्रवादी आयम हो।

प्रतिक्रिया दिनुहोस्