म्यानमारको सैन्य विमान २६ नेपाली लिएर आउँदै



 न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण म्यानमार अप्ठ्यारोमा परेका २६ जना नेपाली लिएर आज म्यानमारको सैन्य विमान मार्फत काठमाडौँ आउन लागेकाे छ ।

सोही बिमानमा नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर विमान काठमाडौबाट म्यानमारका लागि आजै फर्कने कार्यतालिका रहेको स्रोतले जनाएको छ ।

सरकारको पहलमा विदेशमा रहेका नेपालीहरुलाई लकडाउनपछि उद्धार गरेको दोस्रो चारण हो । पहिलो चरणमा चीनको वुहानबाट नेपाली विद्यार्थीहरुलाई नेपाल एयरलाइन्सबाट उद्धार गरिएको थियो । यो उद्धार कार्य म्यानमार सरकार र नेपाली दूतावासको पहलमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्