गुड डे बिस्कुटमा ठगी प्रति सराेकारवाला निकायकाे चासाे देखिएन



न्युज अफ नेपाल, काठमाडाैँ ।

अनुगमन गर्ने निकाय वाणिज्य विभागले ब्रिटानियको ठगी प्रति ऊजुरी परेको जानकारी नभएको बताएकाे छ ।

भारतको बहुराष्ट्रिय कम्पनी ब्रिटानियाको गुड डे कुकिज बिस्कुटमा कीरा भेटिएको घटनाप्रति सराेकारवाला निकायले चासाे नदेखाएकाे पाइएकाे हाे ।

बिहीबार लाजिम्पाटस्थित एक उपभाेक्ताले ब्रिटानिया गुड डे खरिद गरी घरमा लगेर खान लाग्दा किरा भेटिएको थियो । उनले बनाएकाे भिडियोमा कीरा सँगै बिस्कुट सडेको स्पस्ट देखिन्छ ।

भिडियाे पनि हेर्नुहाेस्:

उक्त बिस्कुट यही वर्ष फ्रेब्रअरी १८ तारिखमा बनेको स्पस्ट देखिन्छ । यसको नेपालका लागि ८० रुपैयाँ मुल्य छ । प्याकिङमा उत्पादन मिति भएको १ वर्षसम्म खान हुने अवधि रहने उल्लेख छ । तर, ब्रिटानिया विस्कुटको म्याद उत्पादन बजार भारतमै ६ महिनाभन्दा बढी रहेको देखिँदैन ।

यहीबाट भारतमा म्याद गुज्रेको बिस्कुट लेबलिङमा म्याद बढाउँदै नेपाल पठाइरहेको हो कि भन्ने संशय पैदा भएको छ । ६ महिनामै म्याद सकिने बिस्कुट १ वर्षसम्म म्याद राख्नुले नेपालमा बहुराष्ट्रिय ब्राण्डको नाममा ठगी भइरहेको स्पस्ट देखिन्छ ।

ब्रिटानिया कम्पनीको बिस्कुट नेपालका लागि आधिकारिक बिक्रेता विशाल ग्रुप हो । बीहीबार मात्रै गुणस्तरहीन विस्कुट बजार आएको थाहापाएपछि कम्पनीले छानबिन समिति नै बनाएको बताएकाे छ । तर, म्याद नै अवधि भने भारतबाटै यस्तै आउने बताउँदै आफुहरुलाई केही थाहा नभएको कम्पनीका बजार व्यवस्थापकको तर्क छ ।

जानकारहरु भने नेपालका लागि बिक्रेता विशाल ग्रुप रहेको ब्रिटानियका उत्पादन नेपालमा म्याद गुज्रिएको आउने गरेको र त्यसै मध्ये गुड डे कुकिजमा कीरा फेला परेको हुनसक्ने बताउछन ।

खाद्यप्रविधि तथा गुणस्तर विभागबाट विदेशबाट आयात हुने खाद्यवस्तुमा अनिवार्य प्रज्ञापन पत्र लिनुपर्छ । विभागले गुणस्तर चेकजाँच गरी मात्र भन्सार छुटाउन पत्र दिन्छ ।

 

उपभोत्त संरक्षण ऐन अनुसार गुणस्तरहीन वस्तु बिक्री गरेमा ५ हजारदेखि ३ लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्