कुखुरा दानामा प्रयाेग हुने भटमासकाे आयात करमा बृद्धि



डीबी बुढाथोकी, काठमाडौं ।
आ.व. २०७७।७८ को बजेट बक्तब्यमा कुखुरा दाना तयार पार्न आबश्यक पर्ने भटमासको भन्सार दर ५ प्रतिशतवाट ९ प्रतिशत पु–यार्ईएकोमा कुखुरा दाना ब्यबसायि सरकारप्रति रुष्ट भएका छन् । नेपाल फीड इन्डस्ट्रीज एशोसेसनका अध्यक्ष रबिन पुरीले भन्नुभयो–‘कोभिड–१९ को कारण कुखुरा ब्यवसायी र सोसंग सम्बन्धित दाना ब्यवसायी आक्रान्त बनेका छन् । बजेट बक्तब्यमा कुखुरा तथा दाना ब्यवसायीलाई सरकारले राहत प्याकेज पस्कला भन्ने आषा गरेका थियौं । तर उल्टै भटमास आयातमा लाग्ने साबिकको करमा ४ प्रतिशत बृद्धि गरेको छ । सरकारको कदम प्रति हाम्रो आपत्ति छ । ध्यानाकर्षण होस भन्ने चाहन्छौ ।’

नेपाल कुखुरा ब्यवसायमा लगभग आत्म निर्भर भईसकेको भएता पनि कुखुराको दानामा प्रयोग हुने भटमास लगायतका अधिकांश कच्चा छिमेकी भारतवाट आयात हुने गरेको छ । भटमास कुखुराको दाना तयार पार्न प्रयोग हुने एक महत्पूर्ण मिस्रण हो । आ.व. २०७४।७५ भन्दा पूर्ब भटमास आयातमा १.६ प्रतिशत मात्र कर लाग्ने गरेकोमा २०७४।७५ मा सरकारले ५ प्रतिशत पु–याएको थियो भने २०७७।८७ को बजेट बक्तब्यमा ९ प्रतिशत प्रश्ताब गरिएको छ ।

अर्कोतर्फ लक डाउनका कारण ४५ दिनमा बिक्री भईसक्नु पर्ने कुखुरा ६५ दिनसम्म पनि बिक्री हुन नसकेको, ४५ दिन पश्चात उल्टै घाटा हुने अध्यक्ष पुरी बताउनु हुन्छ । उहाँका अनुसार कर बृद्धि हुदा दानाको लागत ३ प्रतिशत बृद्धि भएको छ । दाना बिक्री २० प्रतिशतमा खुम्चिएको मात्र छैन, बल्कि बिक्री हुन नसक्दा ब्यवसायीहरुले चल्ला हाल्न छोडिसकेका उहाँको कथन छ ।

शतप्रतिशत जस्तो आत्म निर्भर बनिसकेको ब्यवसाय हो, पोल्ट्री । उत्पादन र कारोवारको हिसाबले पनि पोल्ट्री क्षेत्रको आँडका आषा लाग्दो छ । नेपालमा अहिले कुखुराको मासु बार्षिक लगभग १ लाख १५ हजार टन र कुखुराको अण्डा बार्षिक १ अर्ब गोटा उत्पादन हुने गरेको छ भने कखुराको बार्षिक कारोवार करिब २१ अर्ब र अण्डाको बार्षिक कारोवार करिब १० अर्ब हुने गरेको आँकडा छ ।

प्रतिक्रिया दिनुहोस्