देविकाले ल्याइन् मासअप सङ



लोकप्रिय गायिका देविका वन्दनाले आप्नै युट्युब च्यानल देविका वन्दनाबाट आप्ना लोकप्रिय गीत सार्वजनिक गरेकी छिन्।

गायिका वन्दनाले वन बिट फोर्टिन संग्स: बेस्टथ अफ देविका वन्दना नामक मासअप संग सार्वजनिक गरेकी हुन्। जसमा देविकाद्वारा स्वरबद्व नयाँ तथा पुराना गीतहरू छन्। यी गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ राहुल प्रधानले गरेका छन्। अडियो रेकर्डिङ बुटवलको म्युजिक हबबाट साजन श्रेष्ठ र निहारीका फिल्मस (दीपक श्रेष्ठ)मा भएको हो।

युट्युबका लागि केही पुरानो गीतहरूको भिडियो काँटछाँट गरिएको छ भने नयाँ भिडियोको शुटिङ, सम्पादनलगायतका सम्पूर्ण कार्य बुटवलको निहारिका फिल्मस् प्रालिमा गरिएको छ। नयाँ गीतको नयाँ म्युजिक भिडियोमा नयाँ कलाकारहरू मेनुका थापा र निहारिका श्रेष्ठले अभिनय गरेका छन्। नयाँ भिडियोका् छायांकन र सम्पादन योगेश शाक्यले गरेका हुन्। त्यसै गरी कोरियोग्राफी दीपक श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्