लायन्स नर्सहरुलाई पीपीई सेट वितरण



टंकराज अधिकारी, पोखरा ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिमबाट बच्नका लागि अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच (पीपीई सेट) हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी१ नेपालका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल र डिष्ट्रिक्ट ३२५ बी१ नेपाल अन्तर्गत क्लस्टर १६ का १६ वटै क्लबहरूको सहयोगमा ३२ थान पीपीई हस्तान्तरण गरिएको हो ।

डिष्ट्रिक्ट ३२५ बी१ नेपालको महिला नर्सहरू मात्रको क्लब, लायन्स क्लब अफ पोखरा नर्सेसका ३२ जना लायन सदस्यहरुलाई बिहीवार पोखरामा एक कार्यक्रमका बिच लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर एवं लायन्स म्यागेजीनका प्रधानसम्पादक धनराज आचार्य, क्याबिनेट सेक्रेटरी बिनोद ढुङ्गाना लगाएतले नर्सेसका संस्थापक अध्यक्ष निलम महर्जन र वर्तमान अध्यक्ष रोजना ढकाल जोशीलाई संयुक्त रुपमा पीपीई सेट बितरण गरिएको कार्यक्रमका संयोजक रिजन चेयरपर्सन ऋषी गिरीले जानकारी दिनु भयो ।

पिपिई सेट हस्तान्तरण गर्दै लायन्स पूर्व डिष्ट्रिक्ट गभर्नर एवं लायन्स म्यागेजीनका प्रधानसम्पादक आचार्यले कोरोना कहरको महामारी फैलंदै गरेको जटिल अवस्थामा डिष्ट्रिक ३२५ बी१ मार्फत जोखिमबाट बच्नका लागि अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच (पीपीई सेट) हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउदै संकटको समयमा लायन्स क्लबहरुले आवश्यकता अनुसार जनताहरुको सेवामा समर्पित रहदैं आएको बताउनु भयो ।

सर्वसाधारणहरु बिशेष परिस्थिति बाहेक घरमा नै बसिरहेको अवस्थामा पनिे स्वस्थ्य सुरक्षामा दैनिक काममा खट्नुपर्ने नर्सहरुलाई स्वास्थ्य सामाग्री बितरण गरिनु अत्यन्तै महत्वपुर्ण महान कार्य भएको बताउनु भयो ।

क्याबिनेट सेक्रेटरी बिनोद ढुङ्गानाले बिरामीहरूको सेवामा अग्रपंक्तिमा रहेर खट्ने पेशाले नर्स तर समाजसेवी संस्था लायन्समा आवद्ध स्पेसियालिटी क्लबका लायन्स सदस्यहरूलाई स्वास्थ्य सामग्री बितरण गरिएको कार्यक्रम नौलो र अत्यन्तै समय सान्दर्भिक रहेको बताउनु भयो ।

क्लस्टर १६ का क्लस्टर चिफ अर्जुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिपार्टमेन्ट चिफ धनिराम बराल, डिपार्टमेन्ट अफिसर रामबहादुर बल्कोटी, जोन चेयरपर्सनहरु बसन्तराज सिग्देल, खेम क्षेत्री, कालिदास पौडेल, खिमलाल बराल, १६ वटा क्लबका अध्यक्ष र प्रतिनिधिहरु तथा लायन्स क्लब अफ पोखरा नर्सेसका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमका अर्का संयोजक रिजन चेयरपर्सन बिष्णु बरालले बताउनु भयोे ।

 

प्रतिक्रिया दिनुहोस्