गर्भवतीको स्वास्थ्य र परम्परागत ज्ञान



डा. अरुणा उप्रेती ।

केही महिना अघि विदेशबाट आएका एक नेपाली जनस्वास्थ विज्ञले ‘नेपालमा रक्तअल्पता कम गर्न फलामको माछा प्रयोग गर्न आवश्यक छ, त्यसको लागि अध्ययन–अनुसन्धान गर्ने विषयमा छलफल गर्न तपाईं आइदिनुपर्‍यो’ भने ।

पछि छलफलका क्रममाती नेपाली विज्ञले भने, ‘कम्बोडियामा धेरै महिलालाई रगतको कमीभएको थाहा पाएपछि एक विदेशी डाक्टरले खाना पकाउँदा फलामको माछा खाना पकाउने भाँडामा हाल्ने गर्नू भनेर सिकाए ।

यसरी खाना पकाउँदा भाँडोमा फलामको माछा राखेको खण्डमा फलामको माछामा रहेको फलामतत्व खाने कुरामा जान्छ र महिलाहरूले पर्याप्त लौहतत्व पाउँछन्भन्ने उद्देश्यले यस किसिमको प्रयोग गरिएको थियो ।’उनले भने, ‘वास्तवमा यो तरिका अपनाएपछि कम्बोडियाका महिलाको स्वास्थ्यमा सुधार आयो ।

उनीहरूको रक्तअल्पता घट्योभनेर बीबीसीमा पनि समाचार आयो । यसको लागिबिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले झन्डै ८ लाख डलर बराबरको सहयोग पनि दिएको भनेर समाचारमा आएको थियो ।’उनको कुरा सुनेपछि मैले हाँसेर भनेकी थिएँ, ‘तर नेपालमा त फलामको भाडाँमा खाना पकाउने चलन परम्पराकै रुपमा रहेको छ । त्यसको लागिभिन्नै ‘फलामको माछा’बनाउनु त पर्दैन होला ।’

हाम्रो देशमात फलामको भाँडामा पकाएको दाल–तरकारी भातसँग मुछेर खाइन्छ । यसरी खाँदा अचारमा रहेको भिटामिन ‘सी’ले दालमा रहेको लौहतत्व शोषण गर्न मद्दत गर्छ। लौहतत्व शरीरमा पुगेपछि रक्त अल्पताकम हुन्छ । फलामको भाँडाको यस उपयोगिताबारे अहिले विज्ञानले सिद्ध गरिसकेको छ ।

फलामको भाँडामा पकाएको खाना स्वस्थकर हुन्छ भन्ने ज्ञान हाम्रापुर्खाहरूलाई थियो । तर अहिले त्यो ज्ञानलाईवास्तागरिन्न । शायद विदेशी भाषामा लेखिएका र विदेशीहरूले आएर नेपालमा त पौष्टिक तत्व स्थानीय खानामा धेरै पाइन्छ, फलामको भाँडामा पकाएको खाना राम्रो हुन्छ भनेपछि मात्र स्वास्थ्य मन्त्रालयले ‘लौ स्थानीय खाना र फलामको भाँडामा पकाएको खाना राम्रो हुने रहेछ, यसले नै रक्तअल्पता कमगर्न मद्दत गर्छ’ भन्छ होला ।

लौहतत्वको कमीले मात्रनभएर रक्तअल्पता हुने वंशाणुगत कारण पनि हुन्छ । त्यो समस्या चाहिँ केवल खानेकुरा दिएर मात्र समाधान गर्न सकिन्न । यसको लागि भिन्नै प्रकारको उपचार चाहिन्छ ।

नेपालका कतिपय स्थानमा मेथीलाई एकरात भिजाएर खिर बनाई सुत्केरीलाई ख्वाउने चलन छ । एक सय ग्राम मेथीमा झन्डै ८.४७ मि.ग्रा.लौहतत्व, केही प्रोटिन र क्याल्सियम पनि हुन्छ । शरीरमा रगतको कमी भएका महिलालाई प्रोटिन र क्याल्सियम पनि कम हुने सम्भावना हुन्छ ।

त्यसैले भिजाएको मेथी टुसा उमारेर प्रयोग गर्दा स्वस्थ रहन मद्दत गर्छ । नेवारी खानामा त मेथीको परिकार धेरै मात्रामा प्रयोग हुन्छ । मेथीमा रेसादार पदार्थ पनि हुन्छ । मेथीको दैनिक रुपमा सेवन गर्नु गर्भवती र सुत्केरी दुवैलाई राम्रो हुन्छ ।

नेवारी खाजा‘समयबजी’एक सम्पूर्ण भोजन नै मान्न सकिन्छ । अफसोस ! आजकल खाजा भनेपछि अनेक पत्रु खाना र बिस्कुट हुन्छ, समयबजी खाने चलन हराउँदै गएको छ ।

लट्टेको सागलाई गोलभेंडा हालेर पकाइयो रभातवा रोटीसँग, दही वा महीसँग खाइयो भने शरीरमा धेरै मात्रामा पौष्टिकता पुग्छ ।तर अहिले गाउँघरमा लट्टे हराउँदै गएको छ ।लट्टे रातो र हरियो दुई थरीको हुन्छ । यसमा आलु मिसाएर तरकारी खान सकिन्छ ।

१ सयग्राम लट्टेमा झन्डै ४ ग्राम प्रोटिन र झन्डै ५ मि.ग्रा.लौह तत्व हुन्छ । क्याल्सियम पनि पर्याप्त हुन्छ । सजिलैसँंग फल्ने लट्टेको प्रयोग गर्दा शरीरलाई चाहिने सूक्ष्म पोषणतत्व पर्याप्त मात्रामा उपलब्ध हुन्छ । यस्ता खाना गर्भवतीको लागि उपयुक्त हुन्छ । लट्टे सजिलैसँग बारीमा फल्छ । खासै मल पनि चाहिन्न । लट्टेको दानालाई तराईतिर रामदाना भनिन्छ । दाना भुटेर लड्डु बनाइन्छ । यसको पीठो पनि बनाइन्छ ।

यस्तै गरी १ सय ग्राम ज्वानोमा १६ ग्रामप्रोटिन, १०.३४ मि.ग्रा. क्याल्सियम पाइन्छ भने १३.६५ मि.ग्रा. लौहतत्व पाइन्छ ।नेपाली परम्परामा  ज्वानो सुत्केरीलाई अनिवार्य रुपमा दिने गरिन्छ । चुकन्दरमा पनि पर्याप्त मात्रामा लौहतत्व पाइन्छ । गर्भवती र सुत्केरी हुँदा यी दुवैको प्रयोगले रगतको कमीबाट बचाउन मद्दत गर्छ । साथै यी वस्तुमा पर्याप्त मात्रामा रेसादार पदार्थ पनि हुन्छ । यसले गर्दा कब्जियत हुनबाट पनि रोक्न मद्दत पुग्छ ।

त्यसैगरी नेपालमा अमला र अम्बा सस्ता फलफूल हुन् । अमला वर्षभरि नैपाइने फलफूल हो । यसमा सूक्ष्म मात्रामा क्याल्सियम, लौहतत्व र धेरै भिटामिन ‘सी’ पनि हुन्छ । शरीरमा लौहतत्व राम्रोसँग शोषण गर्न भिटामिन ‘सी’को ठूलो भूमिका हुन्छ ।

स्वास्थ्य मन्त्रालयले गर्भवती महिलालाई ‘आइरन चक्की’ बाँडेको वर्षौं भइसक्यो । तर अझै गर्भवती महिलाको रक्तअल्पताको अवस्थामा उल्लेखनीय सुधार आउन बाँकी नै छ । आइरन चक्की खाएर मात्र हुँदैन, शरीरमा रगतको मात्रा बढाउन अन्य सूक्ष्म पोषक तत्वहरू पुगोस् भनेर प्रोटिन, क्याल्सियम भएका खानेकुराको पनि त्यत्तिकै जरुरी छ भन्ने कुरा प्रायःवास्ता नै गरिँदैन ।

गर्भवती महिलालाई जाँच गर्ने स्वास्थ्य चौकी वा अस्पतालहरुमा गर्भवती र उनीसँग गएका व्यक्तिहरूलाई आफ्ना वरिपरि पाइने स्वस्थकर तर सस्तो खाने कुराको बारेमा जानकारी दिएको प्रायःपाइन्न ।

गर्भवती महिलालाई स्वस्थकर खानादिने चलन धेरैजसो नेपाली संस्कृतिमा छ । गर्भवती अवस्थामा ‘दही–चिउरा’ खान दिने चलन राम्रो हो । दही–चिउरा दुवैले गर्भवती र भ्रूणलाई चाहिने ऊर्जा र सूक्ष्म पोषक तत्वदिन्छ । तर अफसोस !आजकल दही–चिउराको संस्कृतिलाई मासेर ‘बेबी सावर’ भनी विदेशीकै नक्कल गर्न थालिएको छ ।

यसमा स्वस्थकर दहीको सट्टा अस्वस्थकर केक काटेर ख्वाउने चलन छ । यसले गर्दा महिलालाई गर्भावस्थामा कहिलेकाहीँ रगतमा  चिनीको मात्रा बढ्न सक्ने सम्भावना हुन्छ । यसलाई ‘गर्भावस्थाको मधुमेह’ भनिन्छ ।

यस्तो हुने बेला स्वस्थकर, बढी रेसा भएका, कम चिनी तर क्याल्सियम र लौहतत्वपाइने खानाको सट्टा केक ख्वाउने प्रवृत्ति घातक हुन्छ । गर्भवती महिलाको रगतमा चिनीको मात्रा बढी भएमा र मधुमेह भएमा उनलाई प्रसूति अवस्थामा जटिलता हुने हुन्छ । साथै शिशुको रगतमा पनि जन्मदै चिनीको मात्रा बढी हुन सक्छ । यसले गर्दा शिशुलाई पनि स्वास्थ्यमा समस्या पर्न सक्छ । त्यसैले गर्भवतीलाई केक होइन, कोदो र फापरको सुप, मालपुुवा, हलुवाखुवाए बेस हुन्छ ।

त्यसैले अस्वस्थकर खानबाट पैदा हुने समस्या नहोस्भनेर हाम्रा सांस्कृतिक र परम्परागत मान्यता अनुरूपका खानाहरूको सिंहावलोकन गर्न जरुरी छ । आधुनिकताको नाममा बजारमा पाइने अनेक थरीका पत्रु खाना गर्भवती महिलालाई दिँदा उनलाई रगतको कमी, मिर्गौलामा समस्या आदि हुन सक्छ । त्यसैले गर्भवती वा सुत्केरीलाई ज्वानो, चाकु आदि परम्परागत पौष्टिक तत्व दिनुपर्छ ,जसले उनीहरुलाई तङ्ग्रिन, दूधनिकाल्न मद्दत गर्छ ।

अहिले स्कुलहरूमा किशोरीहरूलाई ‘रक्तअल्पता’ नहोस् भनेर ‘आइरन’ चक्की बाँड्ने कार्यक्रम पनि आएको छ । ‘आइरन’ चक्की मात्र बाँडेर लौहतत्व पुग्दैन भन्ने कुरा थाहा भैसकेपछि पनि स्वास्थ्य मन्त्रालय त्यही काम दोहोर्‍याउँदै छ । अझ कतिपय ठाउँमा त स्कुलमा खाजा बाँड्ने प्रचलन आएको छ ।

जनप्रतिनिधिले नै चाउचाउ जस्ता खाजा बाँड्छन् अनि किशोरीहरूले त्यही सिक्छन् र विवाहपछि गर्भावस्थामा पनि चाउचाउ,  अन्य पत्रु खाना खाएर रक्तअल्पताको सिकार हुन्छन् । त्यसैले विभिन्न जातजातिका मौलिक खानालाई व्यवहारमा ल्याइयो भने गर्भवती, सुत्केरी किशोरीहरूको रक्तअल्पतामा धेरै कमी आउन सक्छ ।

किशोरीहरूलाई विभिन्न किसिमका पत्रु खाना  खानबाट रोकेर स्वस्थकर खाना जस्तो– चिउरा, चना, अण्डा, भटमासखान प्रेरित गर्नु जरुरी छ, जसले गर्दा उनीहरुलाई शरीरमा पर्याप्त ऊर्जा, क्याल्सियम, लौहतत्व पुग्छ । पछि ती किशोरी युवती भएर विवाहपछि गर्भावस्थामा पनि स्वस्थ रहन सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस्