पाँच हजार सिनेमाघर बन्द हुने



बेइजिंग,एजेन्सी ।

चीन चलचित्र संगठनले सर्भेक्षण गरी तयार पारेको एक प्रतिवेदनमा चीनको चालिस प्रतिशत भन्दा बढी सिनेमाघर टाट पल्टिन सक्ने जनाइएको छ । कोरोना भाइरसको महामारीको कारण अस्थायी रुपमा सिनेमा हलहरु बन्द गरिए पनि केही दर्शकहरु चलचित्र हेर्न सिनेमाघरमै पुग्न सक्ने  संभावना भने अवश्य बाँकी रहेको बताइएको छ ।

सिनेमा घर बन्द रहँदा करोडौं चिनिया जनताले अनलाई मुभिहर हेरेर रमाइलो गरेका छन् ।व्यापक परिमाणमा स्ट्रिमिंग सर्भिस उपलबध् हुनु पनि भाग्यकै कुरा मान्नु पर्दछ । एकजना चिनिया व्यापार विशेषज्ञले हजारौ सिनेमाघर सदाका लागि बन्द हुन सक्ने भविष्यवाणी गरेका छन् ।

बजार अनुसन्धा कम्पनी आइबिआइएसवल्र्डका अनुसार अहिले चीभरि १२ हजार वटा भन्दा बढि सिनेमाघर छन् । अहिलेको स्थितीलाई हेर्ने हो भने झण्डै ५ हजार वटा सिनेमा घर बन्द हुने संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्