स्याङजामा पिकनिक खान गएका युवा मृत भेटिए



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जा गल्याङ् नगरपालिका ४ का बर्ष ३२ का पदम पाण्डे पिकनिक खाएर फर्किदै गर्दा मृत अवस्थामा फेला परेका छन् । बुधबार साथिहरुसगैं पिकनिक खान गएका पाण्डे फर्किने क्रममा गल्याङ नगरपालिका ५ हुतुम भन्ने ठाँउमा मृत अवस्थामा फेला परेका हुन् ।

१६ जना युवासगैं रुपखानि पिकनिक खान गएका उनिहरु १४ मोटलसाइकलमा फर्केका थिए भने मृतक सहित तिन जना पैदल यात्रामा घर फर्किदै थिए । घर फर्कने क्रममा भिरबाट लडेको उनी संगै फर्किएका नामदेव न्यौपानेले बताए ।

मृतकको लास पोस्टमार्टमका लागि वडा प्रहरी कार्यालय वालिङ लागिएको र घटनाबारे थप अनुसन्धान भैइरहेको वडा प्रहरी कार्यलय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्