थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २६३४ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

बिहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ । हालसम्म २९० जनाले कोरोना जितेर घर फर्किएका छन् ।

कोरोना संक्रमणमुक्त हुनेहरुमध्ये २३४ जना पुरुष र ५६ जना महिला रहेका छन् । अहिले देशभरका २१ स्थानबाट कोरोना परीक्षण भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिनुभयो ।

गत २० गते मृत्यु भएका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्