एकै दिन रौतहटमा थपिए ६५ जना कोरोना संक्रमित



रौतहट । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ ।

घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एकरएक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्