कोरोनाले पाकिस्तानी पूर्व क्रिकेटरको मृत्यु



ईस्लामाबाद, एजेन्सी ।

कोरोना भाइरसका कारण पाकिस्तानी पूर्व क्रिकेटर रईज शेखको मृत्यु भएको छ । पाकिस्तानका पहिलो श्रेणीका खेलाडी रहेका शेखको ५१ बर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको हो ।

पाकिस्तानमा कोरोनाका कारण मृत्यु हुने उनी तेस्रो खेलाडी हुन् । बलर शेखले ‌१९८७ देखि २००५ सम्म आफ्नो सक्रिय खेल करियरमा ४३ वटा पहिलो श्रेणीका म्याच खेलेका थिए ।

जसमा उनले १ सय १६ विकेट लिएका थिए । उनको मृत्युपछि उनको परिवारले भने कोरोना परिक्षण गर्न मानेका छैनन् ।

यसअघि पनि कोरोना संक्रमणका कारण दुई जना चर्चित पाकिस्तानी खेलाडीले ज्यान गुमाएका थिए । पहिलो श्रेणीका खेलाडी जफर सरफराज र स्क्वासका लेजेन्ड खेलाडी आजम खानको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्