मेसीलाई ‘मसल इन्जुरी’



लन्डन, एजेन्सी ।

स्पेनिस फुटबल क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेसीलाई प्रशिक्षणका क्रममा मसल इन्जुरी भएको छ । स्पेनका अधिकांश सञ्चारमाध्यमले कप्तान मेसीले मंगलबार प्रशिक्षणका क्रममा चोट बोकेको र बुधबार प्रशिक्षणमा सोमल नभएको जनाएको हो ।

मंगलबार मेसी टोलीसँगै प्रशिक्षणमा थिए । बुधबार उनको ‘एमआरआई’ जाँच गरिएको जनाइएको छ । रिपोर्टअनुसार मेसी ‘मसल इन्जुरी’ बाट पीडित भएको बताइएको छ । सामूहिक प्रशिक्षणक्रममा उनले चोट बोकेका हुन् ।

केही मिडियाले मेस्सीको चोट सामान्य रहेको भन्दै उनले शुक्रबार वा शनिबारबाट नियमित रूपमा प्रशिक्षण थाल्ने जनाएका छन् । तर, बार्सिलोना निकट एक पत्रिकाले भने मेसीले अब ला लिगा सुचारु भएपछिको पहिलो म्याच खेल्ने सम्भावना ज्यदै न्यून रहेको बताएका छन् ।

मेसी प्रशिक्षणमा फर्किएको खण्डमा पनि थप जोखिम बढ्न नदिन प्रशिक्षकले मेसीलाई पहिलो खेलमा आराम दिन सक्नेछन् । मेसी यो सिजनको सुरुआतमा पनि पटक–पटक घाइते भएका थिए । ला लिगा जुन ११ बाट बन्द रंगशलामा सुचारु हुँदैछ । बार्सिलोनाले कोरोना भाइरसपछि आफ्नो पहिलो खेल जुन १४ मा मालोर्कासँग अवे मैदानमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्