टोटनह्यामका खेलाडीमा कोरोना संक्रमण



लन्डन, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका एक जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । प्रिमियर लिगले अफिसियल रूपमा लिगका खेलाडीमा कोरोना पुष्टि भएको जनाएको हो । ती खेलाडीमा प्रशिक्षण दौरान संक्रमण भएको बताइएको छ ।

लिगले संक्रमित खेलाडीको पहिचान र क्लब गोप्य राखेपनि इंग्लिस मिडियाले भने संक्रमित खेलाडी टोटनह्यामको भएको बताएका छन् ।

साथै, खेलाडी संक्रमित देखिएपछि सो क्लबका सबै खेलाडीको फेरि एकपटक कोरोना जाँच गर्न लिगले निर्देशन दिएको छ । यससँगै प्रिमियर लिगमा हालसम्म कूल १३ जनामा संक्रमण पुष्टि भएको छ ।

सो लिगमा हालसम्म खेलाडी, कर्मचारी गरी कूल ५ हजार ७९ जनामा कोरोना भाइरसको परिक्षण भइसकेको छ । कोरोनाका कारण स्थगित इंग्लिस प्रिमियर लिग जुनको तेस्रो साताबाट सुचारु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्