स्याङ्जामा कोरोना संक्रमितको संख्या १३ पुग्यो



न्युज अफ नेपाल, स्याङ्जा ।

स्याङ्जामा एक जना कोरोना संक्रमितको थपिएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका घर भई पालिकाकै क्वारेटिनमा बस्दै आएका १८ बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

भारतबाट आएर पालिकाको क्वारेन्टिनमा बस्दै आएका पुरुषमा देखा परेसंगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

स्याङ्जाको एक संगै आज थप भएकाहरु बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला तथा २२ र २९ वर्षका पुरुष, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका पुरुष तथा गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहनु भएको छ ।

यसैगरी म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ भने पर्वतको बिहादी गाउँपालिका २४ र २८ वर्षका पुरुष तथा फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्