खेलकुद क्षेत्रमा नयाँ प्रविधि बढ्ने



नयाँ दिल्ली, (एजेन्सी)

कोरोनाभाइरसको कारण खेलकुद क्षेत्रमा नयाँ प्रविधिहरूको प्रयोग बढनेछन् । विभिन्न देशमा खेल शुरू भएका छन्, तर खेलको प्रमुख मेरुदण्ड दर्शक भने अझै रंगशालाभित्र जान पाएका छैनन् । उनीहरूलाई रंगशालाभित्र जान अनुमति दिएको छैन । खोप नबनुन्जेल दर्शकका लागि रंगशालाभित्र छिर्न निषेध नै हुनेछ ।

भारतको टाटा कम्युनिकेसन्सका मिडिया तथा इन्टरटेनमेन्टका ग्लोबल प्रमुख धवल पोंडाले बताए– ‘देशमा मात्रै होइन विश्वका खेलकुद क्षेत्रतर्फ यो सबैभन्दा मुस्किल समय हो । जब खेल शुरू हुनेछ, तब प्रविधिको प्रभाव ज्यादै बढ्नेछ ।’

उनले यसका लागि टेलिभिजन नै प्रमुख विकल्पका रूपमा लिनुपर्ने बताए । उनले हरेक खेल हेर्न दर्शकले टेलिभिजनमै हेर्नुपर्ने र नयाँ प्रविधिको विकास गर्न पनि मौका हुने जनाए । यसका लागि कम्पनीहरूले नयाँ एप्स र ३६० डिग्री भिडियोमा नयाँ फिचर जोड्न सकिने पनि उनको विचार रहेको छ ।

नयाँ प्रविधिको प्रयोगले एक सेकेन्डमा प्रत्यक्ष भिडियो पठाउन सकिने पोंडाले बताए । यसले खेलप्रेमीहरूले टिभी वा अन्य डिभाइसमा खेल हेर्न सकिनेछ । भिडियो स्ट्रिमिङ एप्सको सहयोगले जुन भाषामा पनि कमेन्टेरी पु¥याउन सकिनेछ । नयाँ प्रविधिले कयौंलाई रोजगारको अवसर प्राप्त हुने पनि पोंडाले दाबी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्