बुन्डेसलिगाका खेलाडीलाई सजाय हुँदैन



म्युनिख, (एजेन्सी)

गत साता खेल दौरान रंगभेदविरुद्ध गरेको विरोधप्रति बोरुसिया डोर्टमन्डका फरवार्ड जाडोन सान्चो र जर्मन बुन्डेसलिगाका अन्य खेलाडीहरूले कुनै थप अनुशासनिक कारबाहीको सामना गर्न नपर्ने भएका छन् ।

इंग्ल्यान्डका अन्तर्राष्ट्रिय फुटबलर सान्चोले पेडबोर्नबिरूद्ध गोल गरेपछि ’जस्टिस फर जर्ज फ्लोइड’ लेखिएको टी शर्ट देखाएका थिए । निशस्त्र काला व्यक्ति फ्लोइडलाई मे २५ मा मिनियापोलिसका श्वेत प्रहरी अधिकारीले मारेका थिए । हाल यसको विरोधमा अमेरिकाका कयौं सहरमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

यसैगरी सान्चोका डर्टमन्ड टिम साथी अचराफ हाकीमीले पनि सोही खेलमा गोल गरेपछि ‘जस्टिस फर जर्ज फ्लोइड’ लेखिएको टि शर्ट देखाएका थिए । जबकी शाल्केका वेस्टन म्याककेनीले त्यस्तै आर्मब्यान्ड लगाएका थिए । बोरुसिया मोन्चेनग्लाडबाकका मार्कुस थुरामले गोल गरेपछि फ्लोइडप्रति सम्मान गर्ने क्रममा एउटा घुँडाले टेकेका थिए । फ्लोइडलाई प्रहरीले उनको घाँटीमा घुँडा टेकेर मारेका थिए ।

जर्मन फुटबल संघ (डीएफबी) ले एक विज्ञप्तिमा उल्लेख ग¥यो कि ती चार खेलाडीहरुका बिरूद्ध कुनै पनि कारवाही हुनेछैन किनभने उनीहरूको यो एकता र जातिवाद विरोध हुन् । “प्यानलले आउँदो खेल दिनहरूमा जर्ज फ्लोइडको हिंसात्मक मृत्युको विरोधको संकेत अभियानमा पनि यसै क्रमलाई कायम राख्न चाहन्छौ ।

फिफाको नियममा भनिएको छ कि खेलाडीहरूले राजनीतिक बयान प्रदर्शन गर्नु हुँदैन तर फिफा अध्यक्ष गियानी इन्फान्टिनोले भनेः “फिफा प्रतिस्पर्धामा बुन्डेसलिगा खेलमा खेलाडी हालै गरेका प्रदर्शनहरू प्रशंसाको हकदार छन् तर सजायको योग्य हुँदैन। “हामी सबैले जातिय भेदभाव र कुनै पनि प्रकारको भेदभावलाई अस्वीकार गर्नु पर्छ।’

डीएफबीका अध्यक्ष फ्रिट्ज केलरले भनेका थिए–“म डीएफबी नियन्त्रण समितिको दूरदर्शी निर्णयको स्पष्ट रुपमा स्वागत गर्दछु र यसप्रति अत्यन्तै खुसी छु। डीएफबी दृढताका साथ सबै प्रकारका जातिवाद, भेदभाव र हिंसाको बिरूद्ध छ र सहिष्णुता, खुलापन र विविधताका पक्षमा रहेको छ , ती मूल्य पनि डीएफबी विधानमा छन्।

प्रतिक्रिया दिनुहोस्