सुरक्षित गर्भपतन सेवा सर्वलसुलभ बनाऔं



नेपालमा कानुन नै बनाई तोकिएको अवस्थामा सुरक्षित गर्भपतन गर्न पाउने कानुनी मान्यता लागू भएको दशक बितिसक्दा पनि यो सेवा सबै वर्गले सहजरूपमा पाउन सकेका छैनन् । यसको प्रमुख कारण जनचेतनाको अभाव, समाजले लगाउने लाञ्छना, महिला स्वयम् निर्णयको पहुँचमा पुग्न नसक्नु र सेवा सर्वसुलभ र पहुँचयोग्य नहुनु नै हो ।

कतिपय घर–परिवारमा सुरक्षित गर्भपतनलाई धार्मिक, सामाजिक विषय बनाएको पाइन्छ । गर्भधारण गर्ने र सन्तान जन्माउने विषय नितान्त महिलाको मानवअधिकारको विषय रहेको पछिल्लो समयमा स्थापित हुँदै गए पनि नेपालको हकमा भने अझै त्यसो हुन नसकिरहेको समाचार नेपाल समाचारपत्रमा पढेर मलाई पनि केही कुरा गर्न मन लाग्यो ।

समाचारमा भनिएजस्तै सुरक्षित गर्भपतनले कानुनी मान्यता नपाउँदा असुरक्षित गर्भपतन गराउनेहरूले विभिन्न किसिमका स्वास्थ्यसम्बन्धी जोखिमदेखि लिएर अकालमा ज्यान गुमाएका घटना प्रशस्तै बाहिर आएका छन् । तर त्यति बेलाको समयमा लुकिछिपी गर्भपतन गराउने टाठाबाठाले आफूलाई सुरक्षित थलोका रूपमा सीमापारि नै रोज्ने गर्दथे भने सोझासीधाहरू कानुनीरूपमा दण्डको भागीदार हुन बाध्य थिए । नौली चेली यस विषयको टुंगो नलाग्दा समस्यामा पर्ने गरेका छन् । यस विषयमा नेपाल सरकारबाट उचित व्यवस्थापनसहितको समाधान हुन जरुरी छ ।
– ऋतु, सम्झना, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्