विषालु प्रजातिको गोमन सर्पको उद्धार



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोती २ मिडहिलबाट बुधबार बयस्क गोमन सर्पको उद्धार गरिएको छ । करिव २ मिटर लम्बाई र ४ किलो तौल भएको अनुमानित २ वर्षको कमन स्पेस्टेक्लेड कोब्रालाई डा.आमोद घिमिरेले उद्धार गर्नु भएको हो ।

स्थानीय विश्वराज बगालेको घर परिसरबाट उद्धार गरिएको उक्त सर्पलाई डिभिजन वन कार्यालयको समन्वयमा चितवन राष्टिय निकुञ्जमा लगेर छाडिएको छ ।

तराईमा गर्मी बढेसंगै गाउँघर वरपर देखिने सर्पहरु मार्नुको साटो त्यसलाई समातेर जंगलमा छाडी पर्यावरण संरक्षणमा लाग्नु पर्ने डा. घिमिरे बताउनुहुन्छ । सदरमुकाम कावासोती स्थित कालिगण्डकी सर्पदंश अस्पतालमा कार्यरत डा. घिमिरेले यसै वर्ष करिव आधा दर्जन सर्पको उद्धार गरी जंगलमा छाड्नु भएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्